सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनताको हितलाई केन्द्रमा राखेर कारोबार गर्न व्यवसायीलाई मन्त्री बडूको आग्रह

बुधबार, ३० चैत २०७८, २० : ५३
बुधबार, ३० चैत २०७८

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी व्यवसायीले नाफा मात्र नभई जनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको कारोबार गर्नुपर्ने बताएका छन् ।  बुधबार निजी क्षेत्रका विभिन्न संगठनहरुसँगको छलफलमा मन्त्री बडूले व्यवसायिक संगठनले व्यवसायिक हितसँगै जनता र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । 

उनले बजारमा ग्यासलगायत उपभोग्य वस्तुहरुको अभाव र अत्यधिक मूल्य बृद्धि भइरहेको जनगुनासो बढिरहेकाले यसको सहजताका लागि सरकारलाई सहयोग गर्न ग्यास बिक्रेतालगायत व्यवसायीलाई आग्रह गरे । यस्तै उनले उद्यमशिलताको विकास, दक्ष जनशक्ति उत्पादन, ग्रामीण क्षेत्रका महिला तथा युवाहरुलाई आत्मनिर्भर बनाउन नतिजामुलक काममा जोड दिनुपर्ने समय आएको बताए । 

उनले आयातमुखी अर्थतन्त्रले जुनसुकै बेला समस्या आउनसक्ने भएकाले स्वदेशी उत्पादन र ग्रामीण उद्यमशीलतामार्फत आत्मनिर्भर बन्ने कार्यमा सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको पनि बताए । यस कार्यले स्वदेशमा नै रोगजारीको अवसर सृजना भई आवश्यक वस्तुको उत्पादनबाट आंशिक रुपमा भए पनि आयात प्रतिस्थापन हुने र यसले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

बुधबार चेम्बर अफ कमर्श, नेपाल इटा उद्योग महासंघ, दक्षिण एशियाली महिला विकास मञ्च, ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधिहरुले  मन्त्री बडूलाई बधाई तथा शुभकामना दिँदै विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप