मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् सर्ने रोगका मुख्य कारक तत्त्व

बिहीबार, ०१ वैशाख २०७९, १४ : ५४
बिहीबार, ०१ वैशाख २०७९

नेपालमा पछिल्लो समय जीवनशैलीमा आएको परिर्वतन कारण नसर्ने रोगीहरु बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा १० जनाको मृत्यु मध्ये ७ जनाको मृत्युको कारण सर्ने रोग भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।

यस्तै, नेपालमा नसर्ने रोग बढेसँगै स्वास्थ्य स्याहारसम्बन्धी लागत पनि वृद्धि भइरहेको उनले बताए । नेपालको सन्दर्भमा नसर्ने रोग लाग्नुको मुख्य कारण पाँचवटा रहेको उनले बताए । जस्तै, अस्वस्थकर खाना  खाने, सुर्तीजन्य पदार्थको सेवन गर्ने, वायु प्रदूषण,मादक पदार्थको सेवन गर्ने र शारीरिक निस्क्रियता कारण विषेश गरि नसर्ने रोगका मुख्य कारक तत्वहरु भएको डा.अधिकारीको भनाइ छ ।

उनले भने, ‘हाम्रो जीवन शैलीमा आएका परिर्वतन अन्य कारण नसर्ने रोगहरुको बढ्दो क्रममा छ ।’ पछिल्लो समय मुटु, रक्त नलीमा हुने रोगहरु, विभिन्न अंग लाग्ने क्यान्सर, श्वासप्रश्वास सम्बन्धी समस्या अर्थात् दीर्घरोगी वृद्धि हुँदै गएको उनले बताए । यस्ता, नसर्ने रोगहरूले मृत्यु तथा अशक्तता बनाउने गरेको उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले सरोकारवाला सबै निकायहरुसँगको समन्वय र छलफल गरी सर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय योजना संशोधन गरिएको समेत जानकारी दिए । सन् २०२१ देखि २०२५ सम्मको रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय  योजना संशोधन गरी समय अनुकुल बनाइ सन् २०३० सम्मका लागि योजना बनाइएको उनले बताए ।

यस्तै, डा.अधिकारीले बहुक्षेत्रीय कार्ययोजनाले नसर्ने रोगहरुको व्यवस्थापन गर्न तथा मानसिक स्वास्थ्यको अवस्थामा सुधार ल्याउनका लागि बलियो आधार बन्ने विश्वास व्यक्त गरे । यस कार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि बहुपक्षीय समन्वय र एकीकृत पहलमा महत्वपूर्ण भूमिका रहने भएकाले स्वास्थ्य मन्त्रालयले सरोकारवाला सबैलाई सहकार्यका लागि आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप