सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

शुक्रबार, ०२ वैशाख २०७९, ११ : ५३
शुक्रबार, ०२ वैशाख २०७९

जिल्लाको  टीकापुर नगरपालिका ४ मौरनीयामा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका ४ मोरनीयामा भे १ च २४०९ नम्बरको एम्बुलेन्स र से २ प ३२८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार जानकी गाउँपालिका–३ का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका कैलालीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको निरीक्षक सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप