सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङमा ट्याक्टर दुर्घटना हुँदा २६ जना घाइते

शनिबार, ०३ वैशाख २०७९, ०८ : २९
शनिबार, ०३ वैशाख २०७९

दाङमा भएको ट्याक्टर दुर्घटनामा २६ जना घाइते भएका छन् । शुक्रबार साँझ भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ । 

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार रा १ त ३७० नम्वरको ट्याक्टर  गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो  ठाउँमा दुर्घटना भएको हो ।  उनका अनुसार घाइतेमध्ये गम्भीर १२ जनालाई थप उपचारका लागि गएराति नै कोहलपुर अस्पतालमा पठाइएको छ । अन्य समान्य घाइतेहरूलाई लमही अस्पतालबाट डिस्चार्ज गरिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप