मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अतिक्रमणमा ललितपुरका साइकल लेन (फोटोफिचर)

शनिबार, ०३ वैशाख २०७९, १३ : १२
शनिबार, ०३ वैशाख २०७९

साइकल मैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकल मैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन् । अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाइमा परेको देखिन्छ । ललितपुर महानगरपालिकाले धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ ।

निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकल मैत्री सडक संरचना निर्माण हुने आशा गरिएपनि यस प्रकारको अव्यवस्थाले साइकल यात्रीहरूलाई निरुत्साही बनाएको छ । साइकलको सवारीतर्फ उच्च वर्गको रुचि बदलिँदै गएपनि यस प्रकारको अवरोधले पुनः धुवाँ फाल्ने सवारी साधनमा फर्काउन बाध्य बनाउँदै जानेछ ।

यसै विषयलाई केन्द्रमा राखेर न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले ललितपुर महानगरपालिकाभित्र साइकल लेन बनाइएका विभिन्न क्षेत्रमा पुगेर खिचेका तस्बिरहरु आजको फोटो फिचरमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप