आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुली सुनकोशी गाउँपालिकामा काँग्रेसले गठबन्धन नगर्ने

शनिबार, ०३ वैशाख २०७९, १३ : २६
शनिबार, ०३ वैशाख २०७९

आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सिन्धुलीको सुनकोशी गाउँपालिकामा नेपाली काँग्रेस एकल रुपमा चुनावमा जाने भएको छ । शनिबार गाउँपालिकाका ७ वटै वडाका वडा सभापतिको बैठक बसी आगामी निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी एकल रुपमा चुनावमा जाने निर्णय गरेको हो ।

आगामी निर्वाचनमा केन्द्रिय तहदेखि प्रदेश, जिल्ला र स्थानीय तहमा सत्तारुढ गठबन्धन गर्ने निर्णय गरेको भए पनि सुनकोशी गाउँपालिकाका सबै वडाहरू त्यसको पक्षमा नरहेकाले एकल रुपमा जाने निर्णय गरिएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु दलीय भागबण्डाको मोडालिटी बनाउन सक्रिय रहेपनि यस गाउँपालिका प्रमुख/उपप्रमुखदेखि वडा तहसम्म एकल रुपमा उम्मेदवार उठाउने बैठकले निर्णय गरेको छ । बैठकले उक्त निर्णयको बोधार्थ माथिल्लो निकायमा पठाउने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप