सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नयाँ सेल्फी मोबाइल ‘भी सेभेन’ अग्रिम बुकिङ खुल्ला

मङ्गलबार, १२ मङ्सिर २०७४, ११ : २३
मङ्गलबार, १२ मङ्सिर २०७४

काठमाडौं–स्मार्ट फोन भिभोले आफ्नो उत्पादन भी सेभेन नेपाली बजारमा ल्याउने  भएको छ ।

मंगलबार आयोजित कार्यक्रममा भिसेभेन आगामी डिसेम्बर ३ बाट नेपाली बजारमा उपलव्ध गराइने जानकारी गराइयो । भी सेभेन अन्य मोबाइलभन्दा भिन्न फोटोग्राफी विशेषता, स्क्रिन क्वालिटी र समग्र डिजाइन भएको कम्पनीले जनाएको छ । 

२४ मेगापिक्सल,फ्रन्ट फेसिङ क्यामेरा,फुलभ्यु डिस्प्ले भएको भि सेभेन आधुनिक प्रविधिबाट सुसज्जित रहेको छ । भि सेभेन भिभोको भी श्रेणीमा रहेको उत्पादनमध्ये एक नयाँ उत्पादन हो जसको अग्रिम बुकिङ मंगलबारबाटै गर्न सकिने जनाइएको छ ।  

भि सेभेन ६४ विट क्वालकम अक्टाकोर सिपियु र ४ जीवी र्याम छ भने प्रयोगकर्ता मैत्री फन टच ३.२ ओ.एस बिशेषतामा स्मार्ट स्प्लिट ३.० ले उपभोक्तालाई आकर्षण गरेको छ । फिंगर प्रिन्ट सेन्सर रहेको भिसेभेनमा फेस एक्सिस प्रविधि रहेको छ ।

जसले १०० भन्दा बढि भिन्न अनुहारहरुको पहिचान विन्दु पत्ता लगाउने र महत्वपूर्ण फोटो खिच्न अनुमति दिने कम्पनीको भनाई छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप