आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरमा भागबण्डा मिलाउने जिम्मा प्रदेशलाई दिने गठबन्धनको निर्णय

आइतबार, ०४ वैशाख २०७९, ०८ : ५५
आइतबार, ०४ वैशाख २०७९

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली काँग्रेसलाई दिने सहमति पाँच दलीय गठबन्धनमा जुटेको छ । काँग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र महाँकालको प्रमुखमा काँग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी छ । उनले भने, ‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली काँग्रेसलाई नै दिने सहमति बनेको छ ।’

निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमती नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको छ । नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ । ‘हामी आन्तरिक तयारी गरिरहेका छौं । परिआए एक्ला-एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । उनका अनुसार महालक्ष्मी र महाँकाल गाँउपालिकामा एकीकृत समाजवादीले दावी गरे पनि सहमति भएन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप