मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘शाश्वत आकृति’को विमोचन

आइतबार, ०४ वैशाख २०७९, ११ : ५४
आइतबार, ०४ वैशाख २०७९

साहित्यकार राधा कार्कीको ‘शाश्वत आकृति’ कविता सङ्ग्रहको विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायलगायतका अतिथिले उक्त कृतिको संयुक्त रूपमा सार्वजनिक गरे ।

विमोचन कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले कवि राधा लगनशील स्रष्टा भएको बताए । उनले भने, “राधाका कविताहरू विषयवस्तु, शिल्प र शैलीका हिसाबले सुन्दर छन् । राधाजीबाट अझ सुन्दर कविता सिर्जना हुने अपेक्षा गर्न सकिन्छ ।”

सदस्य सचिव प्रा. उपाध्यायले जीवन र जगतका विविधि पक्षलाई विषय बनाएर लेखिएका राधाका कविताहरूले समाजलाई सकारात्मक सन्देश दिने बताए । यसअघि साहित्यकार राधाका लघुकथा सङ्ग्रह संवाहक, बालकथा सङ्ग्रह पप्पी र पट्टु प्रकाशित छन् । मकालु प्रकाशनबाट प्रकाशित ‘शाश्वत आकृति’ भित्र सामाजका विविध पक्षका बारेमा चित्रण गरिएका ५२ वटा कविता समाविष्ट छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप