धनगढीको मेयरमा काँग्रेसबाट सात जनाको दाबी
आइतबार, ०४ वैशाख २०७९, १९ : ४०
स्थानीय चुनावमा धनगढी उपमहानगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट सात जनाको दावेदारी परेको छ । धनगढी नगर कमिटीले नगर प्रमुख तथा उपप्रमुख हुन चाहनेको नाम मागेपछि सात जनाको दावेदारी परेको हो ।
मेयर पदमा वर्तमान मेयर नृपबहादुर वड, काँग्रेसका महाधिवेशन प्रतिनीधि कृष्णबहादुर महरा क्षेत्री, जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, नेतृ जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टले दावेदारी गरेका छन् ।
यस्तै उपमेयर पदमा पुष्पा भट्ट, सुनिता राना, प्रमिला लम्साल, डम्मरी महरा रक्षा र निपा चोखालले दावेदारी गरेका छन् ।