मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

५ हजार एकसय ६ मिटर उचाइमा उपन्यास ‘भाइरस लभ’ लोकार्पण

सोमबार, ०५ वैशाख २०७९, १७ : ५६
सोमबार, ०५ वैशाख २०७९

कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाइमा लोकार्पण गरिएकोे छ । उपन्यास ‘भाइरस लभ’ तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाइमा लोकार्पण गरिएको हो । 

पुस्तकलाई पत्रकार कृष्ण भुसाल, भिडियो निर्देशक माइकल चन्द, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतले ५ हजार एकसय ६ मिटर उचाइमा लोकार्पण गरेका थिए । १९२ पेजको उपन्यास चालीस भाग विभाजन गरिएको छ । कार्यक्रममा सहभागी भुषाल, चन्द र अधिकारीले  उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।

यति धेरै उचाइमा उपन्यास लोकार्पण गरिएको विश्वमा यो नै पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्यायले जानकारी गराए । शिखा बुकले प्रकाशन गरेको १९२ पेजको उपन्यासको मूल्य ३७५ राखिएको छ । डा. उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’,  प्रकाशन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप