सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उज्ज्वल भविष्यको साँचो भनेकै व्यवसायिक शिक्षा : अनिल केशरी शाह

सोमबार, ०५ वैशाख २०७९, २० : २९
सोमबार, ०५ वैशाख २०७९

 बैंकर्स अनिल केशरी शाहले उज्ज्वल भविष्यको  साँचो नै व्यवसायिक शिक्षा भएको बताएका छन् । हालै राजधानीमा सम्पन्न नेपाली लगानीकर्ताले सन्चालन गरेको अस्ट्रेलियाको प्राविधिक कलेज इन्टरनेशनल इन्स्टिच्यूट अफ एजुकेशनद्वारा आयोजित 'विकासोन्मुख देशमा व्यवसायिक शिक्षाको आवश्यकता' विषयमा बोल्दै बैंकर्स शाहले व्यावसायिकताको माध्यम नै शिक्षा भएकाले सो क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा कलेजका संस्थापक सिइओ  सागर लोहनीले बजारमा दक्ष जनशक्तिको परिपूर्ति गर्ने भनेकै व्यवसायिक शिक्षा  भएकाले विद्यार्थीको हित बुझेर मार्गनिर्देशन गर्नु जरुरी रहेको बताए । विद्यार्थी विदेश पढ्न जाँदा सिपमुखि शिक्षा लिएर युनिभर्सिटीको पढाइ सुरु गर्दा विद्यार्थीकालमै राम्रो आम्दानी गर्न सकिने उनले बताए । 

व्यवसायिक पढाईमा 'भिषा सक्सेस रेट' ८७  प्रतिशत भन्दा बढी रहेकोले अहिले यसमा विद्यार्थीको आकर्षण बढेको लोहनीको भनाइ छ । अष्ट्रेलियाले आउँदो आठ वर्षभित्र नेपालीकै लागि विभिन्न क्षेत्रमा ३४ हजार रोजगार सिर्जना गर्ने योजना लिएको एनएलएफका सीइओ एन्ड्रयु स्किडमोरेले बताए। व्यवसायिक शिक्षामार्फत नेपाली युवाले अष्ट्रेलियाबाट डिजिटल मार्केटिङ स्ट्राटेजी, डिजिटल टेक्नोलोजी, सञ्चार, दक्षता, नेतृत्व, श्रम, इन्टरप्राइजेजशिप, पोलिसी लगायत क्षेत्रमा दक्षता हासिल गर्न सक्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप