सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कति पुग्यो डलरको मूल्य, अन्य देशको मुद्राको विनिमयदर कति ?

मङ्गलबार, ०६ वैशाख २०७९, ०७ : ३७
मङ्गलबार, ०६ वैशाख २०७९

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३२ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ ०४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५९ रुपैयाँ २२ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४९ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप