सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कलभर्टमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

मङ्गलबार, ०६ वैशाख २०७९, ११ : ००
मङ्गलबार, ०६ वैशाख २०७९

धनुषाको जनकपुर उपमहानगरपालिका–२२ बसबिट्टी कलभर्टमा सोमबार राति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । 

दुर्घटनामाा गम्भीर घाइते भएका चालक धनुषा–७ का अन्दाजी ३२ बर्षीय मिश्री साहको उपचारको क्रममा जनकपुर स्थित प्रादेशिक अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार कृष्ण दासको सोही अस्पतालमा उपचार भइरहेको छ । 

महोत्तरीबाट जनकपुर तर्फ जादै गरेको ज१प ७४ ५९ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप