सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मङ्गलबार, ०६ वैशाख २०७९, ११ : ०९
मङ्गलबार, ०६ वैशाख २०७९

रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडी सवार १८ बर्षीय धिरेन्द्र प्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको छ । 

गौरबाट कोप्वा तर्फ जादै गरेको भारतिय नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय राजपुर रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप