आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसले समय मागेपछि गठबन्धनको बैठक सर्‍यो

मङ्गलबार, ०६ वैशाख २०७९, ११ : २२
मङ्गलबार, ०६ वैशाख २०७९

महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सरेको छ । गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले साढे ११ बजेका लागि तय भएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो । 

सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन ।  यसैबीच नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुुर देउवाले काँग्रेस कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन् । देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई काठमाडौं बोलाएका हुन् । बराल नेतृत्वको टोली काठमाडौं आइ पुग्दै छ । उनीहरुसँग छलफल गरेपछि गठबन्धनमा छलफल गरेर सहमति जुटाउने प्रयास भएको देउवा निकट स्रोतले जनाएको छ ।

बरालले रातोपाटीसँग भने, सभापतिज्यूले बोलाएपछि हामी काठमाडौं आउँदै छौं । अहिले बाटोमा छौं । गठबन्धनभित्र पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीले दह्रो अडान राखेपछि सभापति देउवाले कास्की काँग्रेसका नेतालाई बोलाएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप