आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ककनी गाउँपालिकामा माओवादीले छान्यो चुनावबाट उम्मेदवार

बुधबार, ०७ वैशाख २०७९, ०९ : ०७
बुधबार, ०७ वैशाख २०७९

नुवाकोटको ककनी गाउँपालिकामा माओवादी केन्द्रले आन्तरिक चुनावबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । आकाङ्क्षी धेरै भएपछि ककनी गाउँपालिका कमिटीले आन्तरिक चुनावमार्फत अध्यक्षको उम्मेदवार छानेको हो । जसमा गाउँपालिका कमिटीका अध्यक्ष सुमन तामाङ ३४ मतका साथ विजयी हुँदै उम्मेदवार चयन भए । यस्तै मानबहादुर लामाले १८ मत ल्याए भने अर्का दाबेदार शक्ति लामाले जम्मा १ मत ल्याए । 

यसै गरी उपाध्यक्षको उम्मेदवारमा मिठुमाया लामाको नाम टुङ्गो लागेको अध्यक्षका उम्मेदवार सुमन तामाङले रातोपाटीलाई जानकारी दिए । सल्लाहकारसहित कुल ६२ मत रहेको ककनी गाउँपालिका कमिटीमा जम्मा ५३ मत खसेको थियो । ककनी गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा माओवादीकै उम्मेदवार मानबहादुर लामा विजयी भएका थिए  । अर्को कार्यकालका लागि पनि उनले आकांक्षा देखाएको भए पनि आन्तरिक चुनावमै पराजित भएपछि उनको चाहना पूरा हुन पाएन । ककनीमा सत्ता गठबन्धनबीच तालमेल भएको अवस्थामा आफूहरूले नेतृत्व पाउनुपर्ने दाबी माओवादी केन्द्रले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप