जनकपुरधामको प्रमुख र उपप्रमुखमा काँग्रेसले गर्यो उम्मेदवारको सिफारिस
बुधबार, ०७ वैशाख २०७९, १९ : ४२
गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जसपा नेपालको भाग परेपनि नेपाली काँग्रेसको नगर समितिले नगरप्रमुख र उपप्रमुख पदमा ३ जनाको नाम सिफारिश गरेको छ । बुधबार बसेको काँग्रेस नगर समितिको बैठकबाट नगरप्रमुख र उपप्रमुखका लागि नाम सिफारिश गरेको हो ।
काँग्रेस जनकपुरधाम नगर कार्यसमितिले नगरप्रमुख पदमा मनोजकुमार साह, किशोरी साह र राकेश बिक्रम साहको नाम सिफारिस गरेको छ । यस्तै उपप्रमुख पदमा इन्दिरा चौधरी, रुना झा र शान्ति बिष्ट घिमिरे को नाम सिफारिस गरिएको छ । यता जनकपुरधाम उपमहानगरपालिका जसपाको भाग परेको विषयको विरोध गर्ने बैठकबाट निर्णय गरेको नगर सभापति मनोजकुमार साहले जानकारी दिए ।