बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, १३ मङ्सिर २०७४, ०९ : १४
बुधबार, १३ मङ्सिर २०७४

आजको राशिफल
बि.स.२०७४ मंसिर १३ गते । बुधबार । ईश्वी सन् २०१७ नोभेम्बर २९ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । मार्ग शुक्ल पक्ष । तिथि एकादशी ५४ घडी ४७ पला । नक्षत्र उत्तरभाद्रपदा,१६ घडी ५१ पला, दिउसो १ बजेर १८ मिनेट उप्रान्त रेवती । योग सिद्धि ३३ घडि १९ पला,रातको ७ बजेर ५१ मिनेट उप्रान्त व्यातीपात । करण वणिज,साझ ५ बजेर १९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा लुम्ब योग । 

चन्द्रराशि मिन ।पञ्चक। स्मार्तहरूको मोक्षदा एकादशी व्रत। गीता जयन्ती।

काठमाडौंमा सूर्योदय ६ बजेर ३७ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०६ मिनेट जादा । दिनमान २६ घडी १४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा समय दिएपनि अपेक्षित नतिजा ल्याउँन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनु पर्ने हुँनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । लामो दुरिको बिदेश यात्राको तय हुँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगिले फसाउँन सक्छन् ध्यान दिनुहोला । तपाईको राम्रा बिचारलाई अरुले गलत तरिकाले ब्याख्या गरि साख गिराउँन खोज्नेछन् । बिद्या तथा प्रतिष्पर्धामा अरुनै हावि हुँनाले आफन्त तथा गुरुवर्गहरु दुखि हुँनेछन् । राज्यसँग नजिक रहेर गरिने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल प्राप्त गर्न कठिन रहेकोछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपुर्ण व्याक्तिहरुसँग भेटघाट हुँनेछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने तपाईको काममा आफन्त तथा शुभचिन्तकहरुको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ जीवन साथिको सहयोगले राम्रा कामहरु सम्पादन हुँनेछ । प्रतिष्ठित काम गरि समाजमा नाम कमाउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुँनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाँफा हुँनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउँन मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुँनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भ्रष्टचार सम्बन्धि मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यावसायिक यात्रा हुँने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको फेस गर्नु पर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ । बिलाशि जीवन जीउँन खोज्दा पढाई लेखाई तथा खोज अनुशन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथिसँग मनमुटाब बढ्ने हुँनाले दैनिक काम गर्न मन जानेछैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय दिनु पर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुँने निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा ध्यान जानेछ भने शिक्षा सँग सम्बन्धित व्यापार व्यावसायमा लगानि गरि प्रसस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुँने समय रहेकोछ । शेयर बजारमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरि समाजमा नाम कमाउँन सकिनेछ । बौद्धिकताको प्रयोग गरि बिशिष्ट व्याक्तिहरुलाई बसमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  कृषि तथा पशुपालन व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनु पर्दा गाह्रो महशुष हुँनेछ । पढाई लेखाई बिभिन्न कारणले अश्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनिति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुँनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउँनेछ । यात्रा गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्न केहि कठिनाईको सामना गर्नुपर्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने समाजमा सम्मानित हुँने योग रहेकोछ । पढन पाढनमा मन जाने हुँनाले स्कुल तथा कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनि गर्दा भबिश्यमा मनग्गे धन लाभ लिन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनिति तथा समाजसेवा फाप्ने हुँनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जानाले  भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुँने व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुँने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप