मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लेखक संसारको प्रथम वार्षिकोत्सव सम्पन्न

बिहीबार, ०८ वैशाख २०७९, १२ : १४
बिहीबार, ०८ वैशाख २०७९

लेखक संसार नेपालको प्रथम वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष साहित्यकार उपमा आचार्यको सभापतित्वमा प्रज्ञा भवनमा आयो जित सो कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ र राइटर्स इन्टरनेसनल ग्लोबलका अध्यक्ष ज्ञानेन्द्र गदालले भाषा, साहित्यको सेवा र विस्तारमा लामो समयदेखि समर्पित तीन संस्थाका प्रतिनिधिलाई नगद राशिसहित सम्मान गरेका थिए । सम्मानित हुनेहरूमा विमल भौकाजी (शारदा मासिक), जलेश्वरी श्रेष्ठ (गुञ्जन नारी साहित्य संस्था), प्रद्युम्न जोशी (वासु शशि स्मृति परिषद्) थिए । उक्त पुरस्कारको राशि जनही ५१ हजार रुपियाँ र प्रमाणपत्र रहेको छ । 

‘आफ्ना लागि पढौँ, अरूका लागि लेखौँ’ अवधारणालाई साकार पार्न गठन भएको राइटर्स इन्टरनेसनल विश्वका ११ मुलुकमा सक्रिय छ । नेपालमा पनि लेखक संसारले यसको आबद्धता ग्रहण गरेको छ । सो कार्यक्रममा संस्थाका अध्यक्ष लगायत पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरियो । 

आगामी दिनमा राइटर्स इन्टरनेसनल विस्तार हुँदै विश्वभर फैलने सो संस्थाका अध्यक्ष ज्ञानेन्द्र गदालले बताए । ‘जीवनलाई वर्षले होइन कर्मले नाप्नु पर्दछ’ भन्दै आफ्नो मन्तव्यमा उपमा आचार्यले संस्थाको गतिविधि र उद्देश्यमा प्रकाश पारिन् । २०७७ सालमा नेपाल च्याप्टर गठन भए पनि कोरोना कहरको कारण यो वर्ष मात्र वार्षिकोत्सव गरिएको उनले बताइन् । आगामी वर्षहरूमा हरेक वैशाख ७ मा विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाइने जनकारी उनले दिइन् ।  गायक प्रकाश तिमिल्सिनाले ‘यो मन त मेरो नेपाली हो’ भन्ने गीत गाएर सभालाई साङ्गीतिक माहोल प्रदान गरेका थिए । 

‘मनकली’ उपन्यासको विमोचन
सोही कार्यक्रममा साहित्यकार विमला अधिकारीको ‘मनकली’ उपन्यास पनि विमोचन गरियो । सो पुस्तकबारे समालोचक उपप्राध्यापक मनमाया पोख्रेल र डाक्टर गोविन्दमान सिंह कार्कीले समीक्षात्मक टिप्पणी गरेका थिए । 
विमोचित कृति ‘मनकली’का लेखक विमला अधिकारीले सम्मानित संस्थाका प्रतिनिधिलाई धन्यवाद दिइन् । उक्त कार्यक्रमको सञ्चालन दिलिप ढकालले गरेका थिए भने राधिका गुरागाईंले स्वागत मन्तव्य दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप