आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेले आज काठमाडौं महानगर प्रमुखका लागि उम्मेदवारको टुङ्गो लगाउने

बिहीबार, ०८ वैशाख २०७९, १५ : १५
बिहीबार, ०८ वैशाख २०७९

नेकपा एमालेले आज काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारको टुङ्गो लगाउने भएको छ । एमाले सचिवालय बैठकले यसबारे निर्णय गर्ने एमाले नेता कृष्ण राईले रातोपाटीलाई जानकारी दिए । 

उनले भने–‘संभावित उम्मेदवारको नाम सिफारिस भएर पार्टी केन्द्रमा पुगेको छ । आज बस्ने सचिवालय बैठक बस्दैछ । आजै निर्णय आउने संभावना छ ।’ उनले हाल काठमाडौं महानगरपालिका प्रमुख रहेका विद्यासुन्दर शाक्य र केशव स्थापित मध्ये एक जना तय हुनसक्ने संभावना रहेको बताए । उनीहरु दुवैजनाले उम्मेदवार बन्ने आकांक्षा देखाएका बेला यी दुई बिचमा कुरा नमिलेमा सिफारिस गरिएको भन्दा बाहिरबाट अर्को ब्यक्तिको नाम आउन सक्ने नेता राईको भनाइ छ । 

एमालेले काठमाडौं महानगर प्रमुखको उम्मेदवारका लागि विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप