सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तोकिएकै समयमा भन्सार एजेन्टको परीक्षा लिन निर्वाचन आयोगको सहमती, नतिजा निर्वाचनपछि

शुक्रबार, ०९ वैशाख २०७९, १९ : १४
शुक्रबार, ०९ वैशाख २०७९

नतिजा निर्वाचनपछि सार्वजनिक गर्नेगरी भन्सार एजेन्टको परिक्षा तोकिएकै समयमा सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको सहमतिपछि लोक सेवा आयोगले पूर्वनिर्धारित मितिमै भन्सार एजेन्टको परिक्षा गर्ने भएको हो ।

विहीबार निर्वाचन आयोगले भन्सार विभागलाई पत्र लेख्दै निर्वाचनअघि भन्सार एजेन्टको परिक्षा सञ्चालन नगर्न भनेको थियो । उक्त पत्रसँगै कोभिड–१९ महामारीका कारणले पटक–पटक रोकिएको परिक्षा यसपटक पनि रोकिने निश्चित थियो ।

लोक सेवा आयोगले निर्वाचन आयोगलाई पत्र लेखेपछि पूर्वनिर्धारित समयमै परिक्षा सञ्चालन हुने भएको छ । तर, स्थानीय तहको निर्वाचनको आचारसंहिता सकिएपछि मात्रै परीक्षाको नतिजा सार्वजनिक गर्नुपर्ने छ ।

आयोगले भनेको छ, ‘भन्सार एजेन्टको लिखित परिक्षा आचारसंहिताका कारणले तोकिएको समयमा नगर्न भनिएको थियो । परीक्षाको नतिजा निर्वाचनपछि गर्नेगरी परिक्षा सञ्चालन गर्न सहमती भएको छ ।’

सरकारले पछिल्लो २१ वर्षदेखि भन्सार एजेन्टको लाइसेन्स थपेको छैन । हाल देशमा जम्मा १७० जना भन्सार एजेन्ट छन् । उनीहरूले नै देशको खर्बौको वैदेशिक व्यापारको जिम्मेवारी सम्हाल्दै आएका थिए । भन्सार एजेन्टको एकाधिकार तोडिने भएपछि अदालतमा परिक्षा रोक्न रिट समेत परेको थियो ।

वि.सं. २०५७ सालसम्ममा ५०० जनाको संख्यामा भन्सार एजेन्ट थिए । जुन, अहिले खुम्चिएर १७० को संख्यामा आइपुगेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप