सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

आइतबार, ११ वैशाख २०७९, १० : १५
आइतबार, ११ वैशाख २०७९

आज एक अमेरिकी डलरको बिक्रीदर १२२.६८ रुपैयाँ र खरिददर १२२.०८ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको खदिर/बिक्रीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको बिक्रीदर १३२.५३ रुपैयाँ र खरिददर १३१.८८ रुपैयाँ तोकिएको छ । यस्तै, १५७.८३ रुपैयाँ बिक्रीदर तोकिएको पाउण्ड स्र्टलिङको खरिददर १५७.०६ रुपैयाँ छ ।

यस्तै, ८९.५५ रुपैयाँ बिक्रीदर तोकिएको अष्ट्रेलियन डलरको खदिर मूल्य ८९.११ रुपैयाँ कायम छ । यस्तै, ८९.७६ रुपैयाँ बिक्री मूल्य कायम सिंगापुर डलरको खरिद मूल्य ८९.३२ रुपैयाँ छ । १० जापानी येनको बिक्री मूल्य ९.५५ रुपैयाँ छ भने ९.५० रुपैयाँ बिक्री मूल्य छ । १८.८९ रुपैयाँ बिक्रीमूल्य रहेको चिनियाँ युवानको खरिद मूल्य १८.७९ रुपैयाँ छ ।

यसैगरी, ३२.७१ रुपैयाँ बिक्री मूल्य तोकिएको साउदी रियालको खरिददर ३२.५५ रुपैयाँ छ । यस्तै, कतारी रियालको बिक्रीदर ३३.५६ रुपैयाँ कायम हुँदा ३३.४८ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री मूल्य ३३.४० रुपैयाँ कायम हुँदा ३३.२४ रुपैयाँ खरिदमूल्य कायम भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप