बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, १४ मङ्सिर २०७४, ०५ : ५६
बिहीबार, १४ मङ्सिर २०७४

आजको राशिफल
वि.स. २०७४ साल मंसिर १४ गते। बिहीबार। इश्वी सन् २०१७ नोभेम्बर ३० तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– द्वादशी, २७:४७ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– रेवती, १३:०७ बजेउप्रान्त अश्विनी। योग– व्यतीपात, १७:५५ बजेउप्रान्त वरियान्। करण– वव, १६:२५ बजेदेखि वालव, २७:४७ बजेउप्रान्त कौलव। आनन्दादिमा मित्र योग। 

पञ्चक १३:०७ बजे समाप्ति। सर्वार्थसिद्धि योग। वैष्णवहरूको मोक्षदा एकादशी व्रत।

चन्द्रराशि– मीन, १३:०७ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:३७ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी १२ पला। 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायबाट भनेजस्तो आम्दानि नहुँने हुँदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्तबिचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुँन सक्छ सचेत रहनुहोला । दिउसोबाट समय राम्रो आउने हुनाले आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउँन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाई लेखाईमा मन जाने छैन भने अल्छि गर्नाले अन्यकाहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ । स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानि गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) काम गर्ने सवालमा  शक्तिशालि व्याक्तिहरुसँग प्रतिष्पर्धा गर्नुपदा आफु कमजोर भईनेछ । नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपाईको खुट्टा तान्नेहरु सक्रिय लाग्नेछन् ध्यान दिनुहोला । दिउसोबाट समय राम्रो आउने हुनाले नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राज्यमा सम्मानजनक उपस्थिति रहनेछ भने मानसम्मानमा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक आवस्था सुदृड रहनेछ । खोजमुलक क्षेत्रमा मन जाने हुँनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । दिउसोबाट समय मध्ययम रहेकोले जिम्मेवारि बहन गर्ने सवालमा सहकर्मीहरु सँग बिवाद बढ्ने योग रहेकोछ भने कार्यक्षेत्रमा आफ्नै भन्नेहरुले फराउँन सक्छन् ध्यान दिनुहोला । राज्यसँग नजिक रहेर गरिने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला जरिवाना तथा दण्ड तिर्नु पर्ने हुँन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुनै पनि काम गर्दा ध्यान दिनुहोला बिवादमा फस्ने योग रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर परिवार वा पति पत्निबिच मनमुटाव सिर्जना हुँनेछ । दिउसोबाट समय राम्रो रहेकोले पदिय दायित्व बढ्नेछ भने कार्यक्षेत्रमा तपाईले गरेको निर्णयलाई सबैले सम्मान गर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापारमा आम्दानि बढ्नेछ । धर्म कर्ममा मन जानेछ भने शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले  मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गरेपनि आम्दानि थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुँनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनु होला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज प्रभावित हुँनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुँनाले लगानि बढाउन केहि समय पर्खनु होला । साझपख व्यावसायिक यात्रा हुँने भएपनि गन्तब्यमा पुग्नको लागि दुख कष्ट बेहोर्नु पर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । दिउसोबाट आफन्त तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेकोछ । सत्रु  हावी हुनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँनाले मन चिन्तित रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । दिउसोबाट समय राम्र्रो रहेकोले शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानि कम हुँनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुँनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउँने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आत्मिय मित्र तथा साभिभाईहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । दिउसोबाट समय मध्यमय रहेकोले  यात्रा तथा यात्रा सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । दाजुभाई तथा छिमेकमा तपाईले गर्नु भएको गलत कामको खुलेरै बिरोध हुनेछ ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा  लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न हुँनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरिएको लगानिबाट राम्रै प्रतिफल प्राप्त हुँनेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप