सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यी प्रदेशमा वर्षाको सम्भावना

सोमबार, १२ वैशाख २०७९, ०६ : २९
सोमबार, १२ वैशाख २०७९

हाल देशको पहाडी भू-भागमा स्थानमा स्थानीय वायु प्रभाव रहेको छ।  हाल प्रदेश १ मा आंशिक बदली  रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।  प्रदेश १ र गण्डकी  प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली  रहनेछ र देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार देशको गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश १ का मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।  गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप