वीरगञ्जको मेयरमा एमालेबाट विजय सरावगीको उम्मेदवारी दर्ता
सोमबार, १२ वैशाख २०७९, १५ : २०
वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले स्थानीय तहको निर्वाचनकै अगाडि आफूले दल परिवर्तन गर्नुपर्नाको कारण प्रस्ट पार्दै आफूलाई साविकको दलले सदैव हेप्ने काममात्र गरेको आरोप लगाए । उनले आफूले मेयरका रुपमा हालसम्म गरेका कामलाई टुङ्गोमा पु¥याउन र थप नयाँ काम सुरु गर्न उम्मेदवारी दिएको बताए ।