सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

४ बजेसम्म देशभर ३७ हजार बढीले  गराए उम्मेदवारी दर्ता

सोमबार, १२ वैशाख २०७९, १६ : ४९
सोमबार, १२ वैशाख २०७९

निर्वाचन आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ । आयोगले सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५८५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ । 

आयोगका अनुसार हालसम्म प्रमुख पदमा १३९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १३२६ जनाले दर्ता गराएका छन् । 

यसैगरी उपप्रमुख पदमा ७८४ तथा उपाध्यक्ष पदमा ८२२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा ९ हजार ७९७ जना, महिला सदस्य पदमा ५८४९, महिला दलित सदस्य पदमा ५०९५ र सदस्य पदमा १२ हजार ५१७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप