मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विराटनगरमा वसन्त काव्य उत्सव सम्पन्न

मङ्गलबार, १३ वैशाख २०७९, १४ : ३५
मङ्गलबार, १३ वैशाख २०७९

एपेक नेपाल, पूर्वाञ्चल साहित्य प्रतिष्ठानको संयोजन र इन्द्रमोहन स्मृति गुठी धनकुटाको आयोजनामा विराटनगरमा वसन्त काव्य उत्सव सम्पन्न भएको छ । 
तेह्रथुमपछि विराटनगरमा भएको सो उत्सवमा कविहरू  विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ, किशोर पहाडी, विवश पोखरेल, श्रीओम श्रेष्ठ रोदन, सुमन पोखरेल, भूषण ढुङ्गेल, सीमा आभास, सविता गौतम दाहाल, डा. बद्रीविशाल पोखरेल, शुभलक्ष्मी लम्साल गोकुल अधिकारी, मणि लोहनीको कविता वाचन गरेका थिए । 

यसैगरी काव्यउत्सवमा पुष्प गुरागाईं, भेषराज पोखरेल, मञ्जुश्री गिरी, मञ्जू श्रेष्ठ, मधु पोखरेल, दिङ्लाली कान्छो, विनोद विवश, निर्मला कोइराला चूडामणि नेपाल, अकिञ्चन, रामबाबु दाहाल, मीनकुमार नवोदित, स्वयम्भूनाथ कार्की, राधा भट्टराई, लक्ष्मी रायामाझी, राधा सुवेदी, लक्ष्मी आचार्य, दीपक सञ्चु, किशोर निरौला पुष्पा सायरा, अजिता प्रधान, शारदा कार्कीलगायत तीन दर्जनभन्दा बढी कविहरूले कविता वाचन गरेर उत्सवलाई काव्यमय बनाए । 
कार्यक्रममा बोल्दै विश्वास पोखरेलले यस उत्सवको संयोजन गर्ने एपेक नेपाल तथा कवि विश्वविमोहन श्रेष्ठ लागि हार्दिक आभार व्यक्त गरे ।  उनले भने “हाम्रो आमन्त्रणलाई स्वीकार गरेर  उत्सवलाई सफल बनाउनु हुने प्रिय कविहरूमा बधाई सहित हार्दिक आभार ।”

इन्द्रमोहन स्मृति गुठी प्रमुख संरक्षक डा. विमला श्रेष्ठको सभापतित्व र प्राज्ञ दधिराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उत्सवमा एपेक नेपालका संयोजक विश्वविमोहन श्रेष्ठले कार्यक्रमबारे प्रकाश पारेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप