सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो

मङ्गलबार, १३ वैशाख २०७९, १५ : ४५
मङ्गलबार, १३ वैशाख २०७९

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना नाघेको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा गरी मंगलबार सवा ३ बजेसम्म १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी परेको हो । 

निर्वाचन आयोगका अनुसार हालसम्म प्रमुख पदमा ३ हजार ४३० जना, अध्यक्षमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३८२ जनाको उम्मेदवारी परेको छ । यस्तै वडाध्यक्षमा ३४ हजार ३५७ जनाको उम्मेदवारी पर्दा बाँकी पदमा महिला सदस्य, दलित सदस्य र खुला सदस्यको उम्मेदवारी परेको छ । 

आयोगले उम्मेदवारको संख्या अझै बढ्ने र विवरण संकलनको कार्य जारी रहेको जनाएको छ । आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको कार्यक्रम राखेको छ । निर्वाचनबाट देशभर ७ पदमा कुल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप