मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा पुरस्कार राशिमा वृद्धि, तीन स्रष्टा सम्मानित हुँदै

मङ्गलबार, १३ वैशाख २०७९, १६ : २७
मङ्गलबार, १३ वैशाख २०७९

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कारको राशि बढाउँदै यस वर्षका लागि तीन सम्मानका लागि स्रष्टाहरुको नाम चयन गरेको छ । साहित्यकला मन्दिरले साहित्य, कला, संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई विगत केही वर्षदेखि सम्मान गर्दै आएको छ । सोही क्रममा बैशाख १२ गते साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीको अध्यक्षतामा बसेको पूर्ण बैठकले सर्वसम्मतिबाट सम्मानित र पुरस्कृत हुने स्रष्टाहरुको नाम चयन गरेको हो । 

निर्णयअनुसार साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएका तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पु¥याउँदै आएका प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान पुर्‍याउँदै आएका न्हुच्छेबहादुर डंगोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान गरिने भएको छ । 

यसअघि यी सम्मानहरूको राशि ५१ हजार रहेकोमा यस वर्षदेखि उक्त रकम बढाएर १ लाख ५१ हजार पुर्‍याइएको छ । उक्त सम्मानहरू साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा आयोजित स्रष्टासम्मान समारोहमा यही वैशाख २७ गते काठमाडौँमा प्रदान गरिने लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप