आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम :  ८८ वटा स्थानीय तहमा १२ हजार छ सय ७३ उम्मेदवार

मङ्गलबार, १३ वैशाख २०७९, १९ : ३०
मङ्गलबार, १३ वैशाख २०७९

सुदूरपश्चिम प्रदेशमा १२ हजार छ सय ७३ जनाले मनोनयन दर्ता गराएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । 

निर्वाचन आयोगका अनुसार ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा नगर प्रमुखमा दुई सय २३, अध्यक्षमा दुई सय ५७ जना, उपप्रमुखमा एक सय ७५ र उपाध्यक्षमा एक सय ९८ जनाले मनोनयन दर्ता गराएका छन् भने वडा अध्यक्षमा दुई हजार नौ सय २९, महिला सदस्यमा दुई हजार दुई सय सात, दलित महिला सदस्यमा दुई हजार ३४ जना र सदस्यमा चार हजार छ सय ५० जनाले मनोनयन दर्ता गराएको आयोगले मंगलबार साढे ३ बजे सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । ‘मनोनयन दर्ताको सङ्ख्यात्मक प्रणालीमा प्रविष्ट भएको आधारमा देशभरि एक लाख ४७ हजार दुई सय ७४ जनाले मनोनयन दर्ता गराएका छन्,’ सो तथ्यांकमा भनिएको छ ।

प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा मनोनयन दर्ता गरिएको छ । १३ वटा स्थानीय तह रहेको कैलालीमा दुई पा“च सय ५८ जनाले मनोनयन दर्ता गराएका छन् । कैलालीमा नगर प्रमुखमा ५३, अध्यक्षमा ४०, नगर उपप्रमुखमा ४०, उपाध्यक्षमा ३० जनाले मनोनयन दर्ता गराएका छन् भने वडा अध्यक्षमा छ सय १०, महिला सदस्यमा चार सय ५३, दलित महिला सदस्यमा तीन सय ८८ र सदस्यमा नौ सय ४३ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।

सबैभन्दा कम दार्चुलामा मनोनयन दर्ता भएका छन् । दार्चुलामा विभिन्न पदमा सात सय ७० जनाले मनोनयन दर्ता गराएका हुन । दार्चुलामा नगर प्रमुखमा १०, अध्यक्षमा ३०, उपप्रमुखमा आठ, उपाध्यक्षमा २० जना रहेका छन् भने वडा अध्यक्षमा एक सय ७४, महिला सदस्यमा एक सय ३२, दलित महिला सदस्यमा एक सय २४ र सदस्यमा दुई सय ७२ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै कञ्चनपुरमा दुई हजार एक सय ९० जनाले मनोनयन दर्ता गराएका छन् । कञ्चनपुरमा नगर प्रमुखमा ६१, अध्यक्षमा १२, उपप्रमुखमा ४६, उपाध्यक्षमा १० जना रहेका छन् भने वडा अध्यक्षमा पाँच सय १३, महिला सदस्यमा तीन सय ८९, दलित महिला सदस्यमा तीन सय ५७ र सदस्यमा आठ सय दुई जनाले मनोनयन दर्ता गराएको जनाइएको छ ।

यस्तै अछाममा एक हजार पा“च सय १० जनाले मनोनयन दर्ता गराएका छन् । अछाममा नगर प्रमुखमा २०, अध्यक्षमा २९, उपप्रमुखमा २१, उपाध्यक्षमा २४ जना रहेका छन् भने वडा अध्यक्षमा तीन सय २२, महिला सदस्यमा दुई सय ६८, दलित महिला सदस्यमा दुई सय ४९ र सदस्यमा पाँच सय ७७ जनाले मनोनयन दर्ता गराएका छन् ।

बैतडीमा एक हजार चार सय ८२ जनाले मनोनयन दर्ता गराएका छन् । बैतडीमा नगर प्रमुखमा २३, अध्यक्षमा २४, उपप्रमुखमा १६, उपाध्यक्षमा २३ जना रहेका छन् भने वडा अध्यक्षमा तीन सय २७, महिला सदस्यमा दुई सय ६६, दलित महिला सदस्यमा दुई सय ५६ र सदस्यमा पाँच सय ४७ जनाले मनोनयन दर्ता गराएका छन् ।

बझाङमा विभिन्न पदमा एक हजार दुई सय ३१ जनाले मनोनयन दर्ता गराएका छन् । नगर प्रमुखमा आठ, अध्यक्षमा ४४, उपप्रमुखमा १०, उपाध्यक्षमा ३० जना रहेका छन् भने वडा अध्यक्षमा तीन सय चार, महिला सदस्यमा दुई सय चार, दलित महिला सदस्यमा एक सय ८६ र सदस्यमा चार सय ४५ जनाले मनोनयन दर्ता गराएका छन् ।

डडेलधुरामा एक हजार ९० जनाले मनोनयन दर्ता गरेको आयोगले जनाएको छ । डडेलधुरामा प्रमुखमा १६, अध्यक्षमा ३०, उपप्रमुखमा १२, उपाध्यक्षमा २० जना रहेका छन् भने वडा अध्यक्षमा दुई सय ५१, महिला सदस्यमा एक सय ९१, दलित महिला सदस्यमा एक सय ७६ र सदस्यमा तीन सय ९४ जनाले मनोनयन दर्ता गराएका छन् ।

डोटीमा एक हजार छ जनाले मनोनयन दर्ता गराएका छन् । नगर प्रमुखमा १२, अध्यक्षमा २८, उपप्रमुखमा छ, उपाध्यक्षमा २४ जना रहेका छन् भने वडा अध्यक्षमा दुई सय २८, महिला सदस्यमा एक सय ६६, दलित महिला सदस्यमा एक सय ६७ र सदस्यमा तीन सय ७५ जनाले मनोनयन दर्ता गराएका छन् ।

बाजुरा जिल्लामा मनोनयन दर्ता गरिएको छ । बाजुरामा नगर प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका लागि आठ सय ३६ जनाले मनोनयन दर्ता गराएका छन् । बाजुरामा नगर प्रमुखमा १९, अध्यक्षमा २०, उपप्रमुखमा १६, उपाध्यक्षमा १७, वडा अध्यक्षमा दुई सय, महिला सदस्यमा एक सय ३८, दलित महिला सदस्यमा एक सय ३१ र सदस्यमा दुई सय ९५ जनाले मनोनयन दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप