सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश १ को ६०५९ पदमा २२५४२ जनाको उम्मेदवारी (जिल्लागत विवरणसहित)

बुधबार, १४ वैशाख २०७९, १० : ३७
बुधबार, १४ वैशाख २०७९

प्रदेश १ को स्थानीय तह निर्वाचनमा आवश्यक पदभन्दा तीन गुणा बढीले उम्मेदवारी दिएका छन् । त्यसमध्ये सबैभन्दा बढी मोरङमा उम्मेदवारी परेको छ ।  प्रदेश १ का १४ जिल्लाका १३७ पालिका तथा ११५७ वडाका लागि २२ हजार ५ सय ४२ जनाको उम्मेदवारी परेको हो । प्रदेशको एक महानगर, दुई उपमहानगर र नगरपालिकाको प्रमुखमा ४२५ तथा उपप्रमुखमा ३१८ जनाले उम्मेदवारी दिँदा गाउँपालिका अध्यक्षमा ४९१ र उपाध्यक्षमा ३१८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

वडाध्यक्ष १ हजार १ सय ५७ वडाध्यक्ष पदका लागि ५ हजार १४० जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यति नै पदका लागि ३ हजार ९१५ महिला सदस्य, ३ हजार ५१२ दलित महिला सदस्य र ८ हजार ४४८ जनाको खुल्ला सदस्यमा उम्मेदवारी परेको छ । प्रदेश १ मा  एक महानगरपालिका, दुई उपमहानगरपालिका गरि ४६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका रहेका छन् ।  प्रदेश १ बाट ६०५९ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

मोरङमा ४ हजार ४९१ को उम्मेदवारी
मोरङमा सबैभन्दा बढी ८ सय २९ पदका लागि ४ हजार ४९१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १३७ पालिकामध्ये सबैभन्दा बढी उम्मेदवारी पर्ने पालिका विराटनगर महानगरपालिका हो । विराटनगरमा प्रमुखका लागि १६ र उपप्रमुखका लागि १५ जनाको उम्मेदवारी दर्ता भएको छ । 

ताप्लेजुङमा ८७३ जनाको उम्मेदवारी 
९ स्थानीय तह भएको ताप्लेजुङमा ८७३ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ६, उपप्रमुखमा ७, अध्यक्षमा २७ र उपाध्यक्षमा ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै वडाअध्यक्षमा १९१, महिला सदस्यमा १५४ र खुला सदस्यमा  ३२८ जनाको उम्मेदवारी  छ । ताप्लेजुङमा एक नगरपालिका र आठ वटा गाउँपालिका छन् ।  

पाँचथरमा ९०५ जना
एक नगरपालिका र सात गाउँपालिका गरी ८ स्थानीय तह रहेको पाँचथरमा ९०५ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ६, उपप्रमुखमा ४, अध्यक्षमा ३२ र उपाध्यक्षमा २३ जनाको उम्मेदवारी परेको हो । यस्तै वडाध्यक्षमा २१५, महिला सदस्यमा १५२, दलित सदस्यमा १२६ र खुल्ला सदस्यमा ३४७ जनाको उम्मेदवारी परेको छ । 

इलाममा १४५७ जनाको उम्मेदवारी 
चार नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा १० वटा स्थानीय तह छन् । उक्त जिल्लामा एक हजार ४५७ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा २५, उपप्रमुखमा २१, अध्यक्षमा ३४ र उपाध्यक्षमा २३ जनाको उम्मेदवारी रहेको छ । यस्तै वडाध्यक्षमा ३३४, महिला सदस्य २५१, दलित महिला सदस्य २१७, खुला सदस्य ५५२ जनाले दर्ता गराएका छन् । 

झापामा २९२१ जना उम्मेदवार 
८ नगरपालिका र ७  गाउँपालिका रहेको झापामा २९२९ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा ७७, उपप्रमुखमा ५८, अध्यक्षमा ५३ र उपाध्यक्षमा ५० जनाले उम्मेदवारी दिएका छन् । यस्तै वडाध्यक्षमा ६६९, महिला सदस्य ४९९, दलित महिला सदस्य ४२३, सदस्य १०८२ जनाले उम्मेदवारी दिएका छन् । 

संखुसभामा १०११ जनाको उम्मेदवारी 
१० स्थानीय तह रहेको संखुवासभामा १ हजार ११ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा २६, उपप्रमुखमा १९, अध्यक्षमा २३ र उपाध्यक्षमा १९ जनाको परेको छ । वडाध्यक्षमा २०९, महिला सदस्य १७७, दलित महिला सदस्य १५७ र सदस्यमा ३२१ उम्मेदवारी परेको छ ।  

तेह्रथुममा ५८३ जनाको उम्मेदवारी 
६ स्थानीय तह रहेको तेह्रथुममा ५ सय ८३ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा १३, उपप्रमुखमा ६, अध्यक्षमा १७ र उपाध्यक्षमा १४ जनाले उम्मेदवारी दिएका छन् । वडाअध्यक्षमा १२५, महिला सदस्य ९९, दलित सदस्य ९० र खुल्ला सदस्यमा २ सय १९ जनाले उम्मेदवारी दिएका छन् । तेह्रथुममा दुई नगरपालिका र चार गाउँपालिका छन् । 

भोजपुरमा ११४० जना 
९ स्थानीय तह रहेको भोजपुरमा ११४० जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुखमा १२, उपप्रमुखमा ७, अध्यक्षमा २७ र उपाध्यक्षमा २० जनाले उम्मेदवारी दिएका छन् । यस्तै वडाध्यक्षमा २४५, महिला सदस्यमा २१०, दलित महिला सदस्यमा १९९ र सदस्यमा ४२० जनाले उम्मेदवारी दिएका छन् । 

धनकुटामा ८२१ जनाको उम्मेदवारी 
सात वटा स्थानीय तह रहेको धनकुटामा ८२१ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा १६, उपप्रमुखमा १३, अध्यक्षमा  २२ र उपाध्यक्षमा १६ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा १९५, महिला सदस्यमा १४३, दलित सदस्य १२७, सदस्य २८९ छन् ।  धनकुटामा ३ नगरपालिका र ४ गाउँपालिका छन् । 

सुनसरीमा ३३९१ जनाको उम्मेदवारी 
१२ स्थानीय तह रहेको सुनसरीमा ३,३९१ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा ८९, उपप्रमुखमा ५२, अध्यक्षमा ६८, उपाध्यक्षमा ४३ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा ८०३, महिला सदस्य ५९०, दलित महिला ५२३ र सदस्य १२२३ जनाले उम्मेदवारी दिएका छन् । 

खोलुखुम्बुमा ८११ जना
८ स्थानीय तह रहेको खोलुखुम्बुमा ८११ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा ५, उपप्रमुखमा ५, अध्यक्षमा २९ र उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दिएका हुन् । वडाध्यक्षमा १६६, महिला सदस्यमा १४५, दलित सदस्यमा १३७ र सदस्यमा ३०२ जना को उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । 

खोटाङमा १३२८ जनाको उम्मेदवारी 
१० स्थानीय तह रहेको खोटाङमा १३२८ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा १३, उपप्रमुखमा ९, अध्यक्षमा ३२ र उपाध्यक्षमा २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै वडाध्यक्षमा २९५, महिला सदस्यमा २३४, दलित सदस्य २२२, सदस्यमा ४९६ रहेका छन् । 

ओखलढुङ्गामा १२९८ जनाको उम्मेदवारी
नौ स्थानीय तह रहेको ओखलढुंगामा १२९८ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ६, उपप्रमुखमा ७, अध्यक्षमा ३९ र उपाध्यक्षमा १६ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा ३६५, महिला सदस्यमा २५७,  दलित महिला २३७, सदस्य ५३६ जनाले दिएका छन् । 

उदयपुरमा १५१२ जनाको उम्मेदवारी दर्ता
८ स्थानीय तह रहेको उदयपुरमा १५१२ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ४३, उपप्रमुखमा ३३, अध्यक्षमा २५ र उपाध्यक्षमा १६ जनाले उम्मेदवारी दिएका छन् । यस्तै वडाध्यक्षमा ३६५, महिला सदस्यमा २५७, दलित २३७ र सदस्यमा ५३६ जनाले उम्मेदवारी दिएका छन् । उदयपुरमा ४ नगरपालिका र ४ गाउँपालिका रहेको छ ।

प्रदेशमा ३३ लाख ४७ हजार मतदाता 
प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार १६ लाख ९९ हजार ८ सय पुरुष, १६ लाख ४७ हजार ५६१ जना महिला र २३ जना अन्य मतदाता रहेका छन् । १४ जिल्ला रहेको प्रदेशमा सबैभन्दा बढी मतदाता र स्थानीय तह मोरङमा रहेको छ । मोरङमा ७ लाख १५ हजार २२३ मतदाता रहेका छन् । प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदानस्थल छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप