स्वास्थ्यसम्बन्धी बैठकमा सहभागी हुन सचिव पोखरेल नर्वे जाने
बुधबार, १४ वैशाख २०७९, १८ : ४६
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई नर्वे पठाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नर्वेको ओस्लोमा हुने कार्यक्रममा सहभागी हुन मन्त्रालयका सचिव डा. पोखरेललाई स्वीकृत दिएको हो ।
डा. पोखरेल मानसिक स्वास्थ्यसम्बन्धी वार्षिक परियोजना बैठकमा सहभागी हुने छन् ।