सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव : कस्तो रहला मौसम ?

बिहीबार, १५ वैशाख २०७९, ०६ : १७
बिहीबार, १५ वैशाख २०७९

हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।  देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध महाशाखाको अनुरोध छ। 

बुधबार देशको प्रदेश १को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। यता बिहीबार देशको  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने छ। बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार पनि देशको  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप