मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महिन्द्राको कार रेसिङ्गमा अगाडी

सोमबार, १२ असार २०७४, १७ : ५९
सोमबार, १२ असार २०७४

काठमाडौं–महिन्द्राले आफ्नो प्राविधिक सुधारसँगै नोभेम्बर २०१३ देखि फर्मुला इ रेसिङ्ग सिरिजमा आफूलाई सहभागी गराउँदै आएको छ । यसमा महिन्द्रको कार सधै अगाडी रहेको छ । 

शहरलाई आवश्यक पर्ने सवारीको उत्पादन गर्दै आएको महिन्द्राले २०१४ सेप्टेम्बरमा बेइजिङ्गमा भएको फर्मुला इ च्योम्पेनसिपमा सहभागी भएको थियो । सन् २००८ मा इलेक्ट्रिक सवारीले पुनर्जीवन पाएपछि इलेक्ट्रिक सवारीहरु रेसिङ्गमा पनि प्रयोग हुँदै आएका छन्  । फर्मूला इ च्योम्पेनसिम दशवटा समुह÷टिममा विभाजन गरी प्रत्येकमा दुईजना चालक राखी गरिने कम्पनीले जनाएको छ । करिव २ देखि ३.४ किलोमिटर अस्थायी ट्रयाक निर्माण गरी गर्ने गरिन्छ । फर्मुला इ र यसको अबधारणा एफ आइ ए अध्यक्ष जेन टोड्टले सन् २०१२ मा ल्याएका हुन् । फर्मुला इ का कार्यकारी अधिकृत एलेजेन्द्रो आगले यसलाई लागू गरेका हुन् ।

महिन्द्रा आफ्नो एम३ इलेक्ट्रो रेस कारका साथ एक अल इलेक्ट्रिक्स च्याम्पेनसिपमा उच्च प्रतिस्पर्धीका रुपमा सहभागी हुँदै आएको छ । महिन्द्रा रेसिङ्ग फर्मुला इ टिमका अध्यक्ष दीलबग गिलले पछिल्ला चार रेसिङ्गका साथ पछिल्लो तेस्रो सिजनमा पुगेको र यहाँसम्म उपस्थिति सन्तोष जनक रहदै आएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप