काठमाडौं महानगरपालिकामा लोसपाको मेयर र उपमेयरको उम्मेदवारी खारेज
शुक्रबार, १६ वैशाख २०७९, २२ : ००
लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)को काठमाडौ महानगर पालिकाका मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको छ। लोसपाले मेयरमा डानिन्द्र जोशी र उपमेयरमा उदय खड्कीले उम्मेदवारी दिएका थिए ।
स्थानीय तह निर्वाचन २०७३ को दफा १७ को उपदफा ४ अनुसार मेयर र उपमेयरमा ५० प्रतिशत महिला नभएकाले मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको महानगरका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए ।
लोसपाले उम्मेदवारी दिँदा महिलाको प्रतिनिधित्व नगराइ दुबै जना पुरुष उम्मेदवार भएका हुन् ।