सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मंगलग्रहमा आए हालसम्मकै सबैभन्दा ठूला दुई भूकम्प, एउटा त ९४ मिनेट लामो

शुक्रबार, १६ वैशाख २०७९, १६ : ४६
शुक्रबार, १६ वैशाख २०७९

नासाको इनसाईट ल्यान्डर सन् २०१८ नोभेम्बरमा मंगल ग्रह अवतरण गरेको थियो । सोही ल्याण्डरमा हालसम्मकै सबैभन्दा संवेदनशिल सिस्मोमिटर जडान गरिएको छ । मंगल ग्रहमा अवतरण गरेदेखि यसले सो ग्रहमा कैयौं साना हलचल मापन गरिसक्यो। तर पछिल्ला दुई कम्पन भने विशेष रहेको इनसाईट मिसनमा आबद्ध वैज्ञानिकहरुले बताएका छन् ।

“हालै मापन गरिएको दुई कम्पन अहिलेसम्मकै ठूलो मात्रै होइन, यसको कम्पन अवधि र विस्तार पनि निक्कै ठूलो देखिएको छ,’ मंगल ग्रहमा आएको भूकम्पनीसम्बन्धि शोत्रपत्रकी प्रमुख लेखिका अन्ना होर्लेस्टनले भनिन् । होर्लेस्टन बेलायतस्थित ब्रिस्टल विश्वविद्यालयकी भूकम्पविद् हुन् ।  

वैज्ञानिकहरुले पछिल्ला दुई ठूला भूकम्पलाई अलग नाम पनि दिएका छन ्। सन् २०२१ अगष्ट २५ मा आएको पहिलो भूकम्पको नाम एस०९७६उ राखिएको छ । ल्याण्डर रहेको स्थानबाट ठ्याक्कै उल्टो भागस्थित गहिरो घाँटीहरुको संजाल ‘भ्यालेज म्यारिनेरिस’लाई केन्द्र बनाएर आएको यो भूकम्पको तिव्रता ४.२ रेक्टरको थियो ।

मंगल ग्रहमा मापन भएको दोस्रो ठूलो भूकम्पलाई एस१०००ए नाम दिइएको छ र यो पहिलो भूकम्प आएको २४ दिनपछि अर्थात सेप्टेम्बर १८ मा आएको थियो । एस१०००एको तिव्रता पहिलोको भन्दा केही कम अर्थात ४.१ रेक्टर मापन गरिएको छ । यसको सटिक केन्द्र अझै पत्ता लागेको छैन । तथापि यो मंगल ग्रहको अर्को भागमै रहेको वैज्ञानिक प्रक्षेपणले देखाएको छ ।

रोचक तथ्य के भने एस१०००ए भूकम्प ९४ मिनेटसम्म आएको थियो, जुन मंगल ग्रहमा मापन भएको हालसम्मको सबैभन्दा लामो भूकम्प हो । मंगल ग्रहका पछिल्ला दुवै भूकम्प इनसाईट ल्याण्डरको सिस्मोमिटरले ‘पी’ र ‘एस’ वेभ मापन गर्न नसक्ने विपरित भागमा आएकाले तिनले उत्सर्जित गरेका दबाब मापन हुन सकेन । तरंग मंगल ग्रहको विपरित भागबाट ग्रहको नाभी(कोर) पार गरेर आउदाँ दबाब निस्तेज हुन्छ ।

‘पी’ र ‘एस’ वेभ मापनमा कठिनाई भएपछि अनुसन्धानदाताहरु ‘पीपी’ र ‘एसएस’ वेभमा केन्द्रीत भएका थिए । यी सिस्मिक वेभले भूकम्प कुन दिशातर्फ फैलिदैँ गएको छ भन्ने सुचना प्रदान गर्छ ।

‘मंगल ग्रहको विपरित भाग(छायाँ क्षेत्र)बाट सुरु भएको कम्पन रेकर्ड गर्नु पनि मंगल ग्रहको बारेमा हाम्रो बुझाइ विस्तरको लागि एक महत्वपूर्ण कदम हो ,’ सोधपत्रका सह–लेख र स्विट्जरल्याण्डको  ज्युरिचमा रहेको इटीएच विश्वविद्यालयका भूकम्पविद् सभास सेलनले भने ।

‘पीपी’ र ‘एसएस’ तरंगहरूले दुई भूकम्पहरू बीच महत्वपूर्ण भिन्नता रहेको देखाएको छ । ए०९७६एमा १ हर्ट्जभन्दा कम ऊर्जा पाइएको भने ए१०००एमा ५ हर्ट्ज, वैज्ञानिकहरूले शोधपत्रमा लेखेका छन् । भूकम्प मंगल ग्रहको सतहबाट कति गहिराईमा गएको छ भन्ने कुराले यो भिन्नता सिर्जना भएको अन्वेषकहरूको विश्वास छ ।

‘सिस्मिक एक्सपेरिमेन्ट फर इन्टेरियर स्ट्रक्चर (एसईआईएस)’ नामको इनसाईट ल्याण्डरमा राखिएको सिस्मोमिटरले मंगलग्रहका कम्पनसम्बन्धि तथ्याकं संकलन गरेर अनुसन्धानकर्ताहरूलाई मंगल ग्रहको प्रकृति, यसको भित्री भाग र यसको संरचनाबारे थप बुझ्न सघाउँछ । पछिल्लो शोधपत्रमा समावेश नयाँ तथ्याकले मंगल ग्रहको क्रस्ट, म्यान्डल र कोर संरचनासम्बन्धि ज्ञानलाई थप परिष्कार गरेको छ ।

लाईभसाईन्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप