मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जहाँ लाहुरे भित्तामा टाँसिनुपर्यो : यस्तो छ अर्घाखाँचीको प्रख्यात सुपा देउराली मन्दिर (फोटो/भिडियो)

सोमबार, १२ असार २०७४, १८ : ०६
सोमबार, १२ असार २०७४

अर्घाखाँची – महेन्द्र राजमार्गको गोरुसिंङ्गे–सन्धीखर्क सडकमार्गको झन्डै ४७ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रख्यात मन्दिर सुपा देउरालीबारे नसुन्ने बिरलै होलान् । यो मन्दिर सन्धिखर्कको शीतगंगा गाँउपालिका सन्धिखर्क नगरपालिका वडा नं. ७ मा पर्दछ । प्राकृतिक सौन्र्दयले भरिएको महाभारत पर्वत श्रृङ्खला अन्र्तगत पहाडको खोँचमा रहेको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । 

आफुले कामना गरेको भाकल पूरा भएपछि मन्दिरमा पूजा गर्न आउने गरेको भक्तजनहरु बताउँछन् । पश्चिम नेपालमा रहेको यो मन्दिरमा विवाह गरेका नवजोडीहरु जीवन सफल बनाँउनका लागि बिहे लगतै दर्शन गर्न आउने चलन रहेको भक्तजन सुशील पन्तले जानकारी दिए ।


 
यो मन्दिरमा शनिवार भक्तजनहरुको व्यापक भिड लाग्ने गरेको छ । आफ्नो मनोकामना पूरा होस भन्दै नरिवल, परेवा, जिन्सी समानहरु मन्दिरमा चढाउने चलन रहेको छ । 

२०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ । 

लाहुरे टाँसिएको भिर 

सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट पुकारिन्छ । यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्बदन्ती रहेको छ । 

परापूर्वकालमा जागिरका लागि एकजना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए । उनको भाकल पनि पूरा भयो । मन्दिरको बाटो हुँदै फर्किदै गर्दा उनले मन्दिरमा भाकल अनुसार पुजा गरेनन् । जसको फलस्वरुप उनी भित्तामा टाँसिएर बिलिन भएको किम्बदन्ती रहेको छ ।

यो मन्दिरमा शनिवारका साथै दशैका बेला ठूलो भीड लाग्ने गरेको मन्दिरका पुजारी छविलाल खनालले जानकारी दिए ।  

हेर्नुहोस भिडियो : 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप