मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता :  आज मात्र आमाको मुख हेर्ने दिन नबनोस्

शनिबार, १७ वैशाख २०७९, ०७ : ००
शनिबार, १७ वैशाख २०७९

आमाको मुख हेर्ने मातातीर्थ औंशीको दिन 
सामाजिक सञ्जालमा 
आमासँग खिचिएका तस्विर मात्रै देखिन्छ 
आमाभन्दा सन्तान खुशी भएका देखिन्छन् 
तर आज मात्र 
आमाको मुख हेर्ने दिन नबनोस् 
वर्षको सबै दिन आमाले 
सुखद अनुभूति गर्न पाऊन् 
आमालाई हेला गरेको सुन्न नपरोस् 

आमा घरमा बोझ भई 
निकालिएको देख्न नपरोस्
कोही आमालाई पनि 
वृद्धाश्रममा जान नपरोस् 
सन्तानको मायाको लागि 
रुन र तड्पिन नपरोस् 
सासू–बुहारीको सम्बन्ध 
आमाछोरीको जस्तो बनोस् । 
हरेक सन्तानले आमाको अनुहारमा 
मुस्कान ल्याउन सकुन्
आमाले सन्तानको एक झल्को पाउन 
पर्खेर बस्न नपरोस् ।
आमा त आमा नै हुन्छिन् 
सन्तानले जतिसुकै मुख फेरे पनि 
आफूलाई जति ठुलो संकटले घेरे पनि
आमाको मुखबाट सन्तानको लागि 
आर्शिवाद नै आर्शिवाद निस्कन्छ ।
सन्तान पर्खिदा पर्खिदै 
कुनै आमालाई अन्तिम सास लिन नपरोस् ।
रुँदा नि आमा चाहिन्छ, हाँस्न नि आमा
त्यसैले आमाको फाटेको मन सिउँ
आमालाई केही दिन नसके पनि 
मीठो वचन र माया दिउँ ।
यही छ सबैलाई कामना
मातातीर्थ औंशीको 
सबै आमाहरुलाई शुभकामना ।
इनरुवा नगरपालिका–२, सुनसरी 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप