मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

...कोही भए

शनिबार, १७ वैशाख २०७९, ०७ : ०६
शनिबार, १७ वैशाख २०७९

टुटेको यो मनमा 
मलम लगाई दिने कोही भए 
सम्हाल्न नसकेको यो मनलाई
सम्हाली दिने कोही भए ।।

मापन गर्न मिल्थ्यो भने दुःखेको मनलाई 
कुनै त्यस्तो यन्त्र बनेको भए 
मिल्थ्यो भने दुःखेको मन देखाउनलाई 
त्यस्तो कुनै दुर्विन बनेको भए ।।
   
भुल्न नसकेको त्यो अतितलाई 
भुलाई दिने कोही भए 
अगाडि बढ्न नसकेको जीवनलाई 
हात समाएर हिँडाउने कोही भए ।।
  
सधैं भिजेका यी आँखालाई 
सुख्खा बनाउन मद्दत गर्ने कोही भए ।।
मुस्कुराउन नजानेका यी ओठलाई 
सधैं मुस्काउन सक्ने बनाउने कोही भए ।।

सधैं डराएर बाँच्नु परेको जिन्दगीलाई 
निर्धक्कसँग बाँच्न साहास दिने कोही भए 
खुल्ला आकाशमा रमाउने चरीलाई 
पछ्याउँदै अगाडि बढ्न पाए ।।
प्युठान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप