मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्मृतिका जरा खोज्दै सापकोटा

आइतबार, १८ वैशाख २०७९, १६ : ०३
आइतबार, १८ वैशाख २०७९

पत्रकार सनत सापकोटाद्वारा लिखित संस्मरणात्मक कथाहरूको संग्रह ‘जरा’ हालै प्रकाशित भएको छ । आफ्ना बाल्यकालीन स्मृतिहरूलाई समेटेर सापकोटाले पुस्तक निकालेका हुन् ।

विधागत रूपमा सापकोटाले यस संग्रहलाई संस्मरणात्मक निबन्ध नभनेर ‘कथास्मरण’को संज्ञा दिएका छन् । १७ थान छुट्टाछुट्टै रचनालाई संग्रहको रूप दिइएको यो कृति सरल भाषा र कथात्मक शैलीमा लेखिएको छ । 

यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका संस्मरणात्मक आलेखहरू पुस्तकमा समेटिएको हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रकाशन गरेको सापकोटाको यो कृति लेखकको बाल्यकालीन स्मृतिहरूको संग्रह हो ।

प्रायः सबैको बाल्यकालसँग मेल खाने उनका ‘कथास्मरण’ले पाठकलाई पनि आ–आफ्ना बाल्यकालीन स्मृतिहरूसम्म पु¥याउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप