सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ऐनाको खोजी कहिले भएको थियो ? यो हेर्ने पहिलो व्यक्ति को थिए ?

आइतबार, १८ वैशाख २०७९, १६ : ५५
आइतबार, १८ वैशाख २०७९

ऐना नभएको भए के हुन्थ्यो होला ? कहिले यस्तो सोच्नुभएको छ ? ऐना हाम्रो जीवनको महत्वपूर्ण हिस्सा हो, यो कुरा हामी सबैलाई थाहा छ । हामी कस्तो देखिएका छौँ, कस्तो देखिनुपर्छ, आफूलाई प्याम्पर गर्न, आफ्नो ख्याल राख्न हामीलाई ऐनाले नै सिकाएको हो । आज हामी यसको आविष्कार बारे जानकारी दिँदै छौँ ।

ऐनाको आविष्कार सन् १८३५ मा भएको थियो । जर्मन रसायन विज्ञानी जस्टस वान लिबिगले सिसाको सतहमा मेटालिक सिल्भरको पातलो पत्र लगाउने तरिका आविष्कार गरेका थिए । यसअघि ऐना प्रचलनमा थिएन । विशेषगरी गरिबहरुसँग ऐना हुँदैनथ्यो । मानिसहरु पानीमा आफ्नो छायाँ हेर्ने गर्दथे । त्यो समयमा ऐनालाई विलासी सामान मानिन्थ्यो ।

सुरुवाती ऐना जुन निकै दुर्लभ थिए, पालिस गरिएका ओब्सिडियनद्वारा बनेका हुन्थे । जानकारीका अनुसार यस्तो खालको ऐनाको प्रयोग ८ हजार वर्ष अघि एनाटोलियामा गरिन्थ्यो जसलाई अहिले टर्की भनिन्छ । प्राचिन मेक्सिकोका मानिस पनि यस्तै तरिकाको प्रयोग गर्दथे । यद्यपि, ती दिनहरुमा ऐनालाई जादुई उपकरणको रुपमा हेरिन्थ्यो जसमार्फत् देवता र उनीहरुको पूर्वजको दुनियाँ हेर्न सकिन्थ्यो ।

तामालाई पालिस गरेर बनाइएको सिसा मेसोपोटामिया (अब इराक) बाहेक इजिप्टमा ४००० देखि ३००० ईसा पूर्वको आसपास बनाइएका थिए । यसको करिब हजार वर्षपछि दक्षिण अमेरिकामा पालिस गरिएको ढुङ्गाबाट ऐना बनाइएका थिए । पहिलो शताब्दि ईस्वीमा, रोमन लेखक प्लिनी द एल्डरले काँचको ऐनाको कुरा गरेका थिए । यद्यपि, त्यसमा आजकाल ऐनाजस्तै प्रतिबिम्ब देखिँदैनथ्यो । तस्बिर स्पष्ट हुँदैनथ्यो र ती निकै साना पनि हुन्थे ।

आफ्नो अनुहार स्पष्ट तरिकाले हेर्नका लागि मानिसले सन् १८३५ सम्म प्रतीक्षा गर्नुपरेको थियो । यद्यपि, उनीहरु यसमा पनि खुसी थिएनन् । सन् १९३५ मा पपुआ न्यु गिनीका ज्या हाइड्ले आफूसँग एउटा ऐना ल्याएका थिए । यो ती वस्तुमध्ये एक थियो जसको व्यापार गर्ने योजना उनले बनाएका थिए ।

ऐना हेर्ने पहिलो व्यक्तिको नाम हो – तेबिली । उनले ऐनालाई निकै मोहसँग हेरे । त्यसपछि उनका इलाकाका सरदार–पुयाले यसमा आफूलाई हेर्न चाहे । ऐनामा आफूलाई देखेपछि उनी चकित परेर उफ्रिए । उनले तेबिलीलाई ऐना समात्न लगाएर भिन्न भिन्न एंगलले, टाढा र नजिकबाट आफ्नो प्रतिबिम्ब हेरे ।

त्यसपछि उनले यो कुरा मनुष्यका लागि निकै खतरनाक भएको बताए । उनले तेबिलीलाई उक्त ऐना फिर्ता गरिदिन भने जसलाई ज्याक हाइड्सले आफ्नो अपमान ठाने । पुयाको मान्यता यो थियो कि ऐना कुनै जादुई चिज हो जसलाई उनका पूर्वजले ल्याएका थिए । जबकी ज्याक हाइड्सले भने पुया एक जादुगर भएको र उनले आफ्नो शक्तिले इलाकाका अन्य सदस्यलाई नियान्त्रण गर्ने गरेको बताउने गर्दथे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप