सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुगलको पहिलो स्मार्टवाचको विशेषता लिक

बुधबार, २१ वैशाख २०७९, १० : २७
बुधबार, २१ वैशाख २०७९

गुगल पिक्सल वाच पछिल्लो थुप्रै हप्तादेखि खबरमा छ । गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाइले पहिलो गुगल स्मार्टवाच गुगल  I/O 2022 सन् २०२२ मा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक हुनसक्ने संकेत दिइसकेका छन् । गुगलको यो कार्यक्रम ११ र १२ मे मा हुनेछ । गुगल वाच सार्वजनिक हुने मिति नजिकिँदै गर्दा यसका स्पेसिफिकेसन र फिचर सार्वजनिक भइरहेका छन् । यद्यपि, गुगलले आधिकारिक रुपमा यसको फिचरबारे अहिलेसम्म केही जानकारी दिएको छैन । यो स्मार्टवाचमा कस्ता खालका विशेषता पाइन सक्लान् भन्ने जानकारी लिऔँ ।

पिक्सल स्र्मावाचको डिजाइनः

पिक्सल वाचको डिजाइन, यसको सर्कुलर डाइल र प्रोपराइटर स्ट्रिप्सको झलक पहिले नै पाइसकिएको छ । ब्याट्रिको कुरा गर्ने हो भने यसमा 300mAh को ब्याट्री पाइने सम्भावना छ र यो सेल्युलर कनेक्टिभिटी अप्सनमा आउन सक्छ ।

तीन मोडलको हुनसक्छ स्मार्टवाचः

वेबसाइटले गुगल पिक्सल वाचलाई मोडल नम्बर GWT9R, GBZ4S  र GQF4C सँग तीन भिन्न भेरियन्टमा पाउन सकिनेछ । यसमा ब्लूटुथ v5.2 कनेक्टिभिटी पाइनेछ । स्मार्टवाचमा लेटेस्ट भर्सन RWD7 का साथै सफ्टवेयर भर्सन नम्बर RWD5.211104.001सँग लिस्ट गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप