सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डेट लैजाने पुरुष भेटेकी छैन : मोडल सुशीला

शुक्रबार, १५ मङ्सिर २०७४, १५ : ३६
शुक्रबार, १५ मङ्सिर २०७४

पछिल्लो समय म्युजिक भिडियोबाट कलाक्षेत्रमा थुपै्र युवा युवती भित्रिएका छन् । तीमध्येकी एक हुन् सुशीला थापा । सुशीला म्युजिक भिडियो मोडलिङमा चिनिएको नाम हो । एक दुई गरेर उनले अहिलेसम्म २ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय कला देखाइसकेकी छन् । सानैदेखिको अभिनय मोहले कलाकारिता रोजेको बताउने उनी अहिले चलचित्र अभिनयमा फड्को मार्ने तरखरमा छिन् । उनको अभिनय रहने चलचित्र ‘यो जोवन साचेर राखे तिमीलाई’ अहिले छायाङ्कनको तयारी गर्दैछ । यसको अलवा उनी सौन्दर्य प्रतियोगिता ‘मिस गोर्खा’मा सहभागी हुँदैछिन् ।  सुशीलासँग यस्तो छ रातोपाटीका दस प्रश्न :

कलाकारितातिर कसरी रुचि पलायो ?
–कलाकारितामा मेरो सानैदेखि रुचि थियो । आफूमा रहेको प्रतिभा सबैमाझ देखाउनुपर्छ । कलाकारिता मार्फत आफ्नो र देशको नाम विदेशमा पुर्याउन सकिन्छ भनेर रोजेकी हुँ ।

मेकअपतिर कतिको रुचि छ नि ?
– मेकअफ गर्नु भनेको सुन्दर बन्नु हो । सुन्दर देखिन कसलाई मन पर्दैन होला र ? हल्काफुल्का मेकअफ मैले पनि गर्ने गरेकी छु । कार्यक्रम वा विशेष ठाउँमा जानुपर्दा भने आधा घन्टा मेकअपमा लाग्ने गरेको छ ।

फिटनेस गर्ने गर्नुभएको छ ?
– त्यस्तो फिटनेस केही गर्ने गरेकी छैन । म बिहान नियमित मर्निङवाक गर्छु । खानपिनमा ध्यान पुर्याउँछु । यसले नै मलाई फिट रहन मद्दत गरेको छ ।

कस्तो फेसन मनपर्छ ?
– प्रायः सबै प्रकारको पहिरन लगाउने गरेकी छु । तीमध्ये पनि विशेष मनपर्ने भनेको वान पिस, स्कट, कुर्ता हुन् । सारी पनि मनपर्छ । पहिरनमा रातो मेरो फेबरेट रङ हो ।

कस्तो पुरुष आकर्षक लाग्छ ?
–शारीरिक सौन्दर्य त हुनुपर्छ नै । यसको अलवा महिलालाई आदर गर्ने, शङ्खा नगर्ने, मिलनसार स्वभावको पुरुष मनपर्छ ।

आफ्नै शरीरको कुन अङ्ग मनपर्छ र किन ?
– आँखा मनपर्छ । मेरो आँखा निकै आकर्षक छ रे नि । धेरैले यसै भन्छन् ।

कलाकारितामा केही सपना छन् कि ?
–हिट हिरोइन भएर चर्चा कमाएको सपना देखेकी छु । यो पूरा गर्नु छ ।

प्रेम परेको छ कि छैन ?
–अहिलेसम्म छैन । त्यसो त अफर नआएको भने होइन । मलाई आएका प्रेम प्रस्तावका रमाइला रमाइला किस्सा छन् । ती व्यक्तिहरूको अहिले म नाम लिन सक्दिनँ । तर मलाई आफ्नै अफिसमा बोलाएर केट काटेर जन्मदिन सेलिब्रेट गरेझैँ गरेर प्रेमको अफर धेरैले गरेका छन् ।

रोजाइको सवारी साधन ?
– स्कुटी । यो सवारी छिटो र सजिलो पनि लाग्छ ।

डेटिङ प्लेस कस्तो हुनपर्छ ?
–प्राकृतिक सौन्दर्यले भरिपूर्ण । शान्त ठाउँ नै डेटका लागि उपयुक्त हो जस्तो मलाई लाग्छ । अहिलेसम्म कसैसँग डेट गएकी छैन । त्यसैले योभन्दा बढी जान्दिनँ । डेट लैजाने पुरुष पनि भटेकी छैन । उनकै खोजी छ भनौँ न । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप