सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एआई ब्यूटी प्रविधिसहितको एफफाइभ सिक्स जीबी ‘ब्ल्याक एडिशन’ सार्वजनिक गर्दै ओपो

शुक्रबार, १५ मङ्सिर २०७४, १६ : ११
शुक्रबार, १५ मङ्सिर २०७४


काठमाडौं । भरखरै नेपाली बजारमा एफफाइभ सार्वजनिक गरेको ओपोले आफ्नो नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी कालो रंगमा सार्वजनिक गर्ने घोषणा गरेको छ । 

ओपोले आफ्ना उपभोक्ताहरु विशेष गरी यूवा पुस्तालाई छनोटको थप अवसर उपलब्ध गराउने सोचका साथ नयाँ उत्पादन कालो रंगमा सार्वजनिक गर्न लागेको हो । 

ओपो एफफाइभ सिक्स जीबी ब्ल्याक एडिशनका बारेमा बाल्दै ओपो नेपालका सीईओ बबी झाओले भने, ‘भरखरै सार्वजनिक हाम्रो नयाँ फ्ल्यागशिप मोडल ओपो एफफाइभका लागि प्राप्त साथ, सहयोग र मायाका लागि हामी आदर्णिय उपभोक्ता तथा समग्र सरोकारवाला प्रति कृतज्ञछौँ । प्राप्त प्रतिक्रियाले हामीलाई नेपाली उपभोक्ताका लागि अझ उत्कृष्ट पस्कँदै जाने प्रेरणा मिलेको छ । सार्वजनिकको तयारीमा रहेको नयाँ ओपो एफफाइभ सिक्स जीबी बल्याक एडिशनका लागि पनि त्यस्तै माया, साथ र सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’

ओपो एफफाइभ सिक्स जीबी फेशनेवल कालो रंगमा उपलब्ध हुनुका साथै यसमा अझ बढी सञ्चय क्षमता, ६ जीबी ¥याम र ६४ जीबी रोम सहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको कम्पनीले जानकारी दिएको छ । 

सेल्फीमा रहेका मानिसकै आधारमा ब्यक्तिगत ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउने सोचका साथ सार्वजनिकको तयारीमा रहेको नयाँ उत्पादनमा उद्योगकै पहिलो एआई ब्यूटिफिकेशन प्रविधि उपलब्ध गरिएको छ । २ सय भन्दा बढी फेशियल रेकग्निशन स्पट्स सहितको यो प्रविधिले मानव मुहारको ग्लोबल डाटाबेस मार्फत फेशियल फिचर्स, आकार प्रकार, स्किन टोन तथा टाइप, लिंग, उमेर लगायत आधारमा फरक छुट्याएर ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउँछ । फोनमा ६ ईञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ । साथै यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृष्यको मज्जा प्रदान गर्छ । मिड रेञ्ज्ड स्मार्टफोनमा कम्प्याक्ट बडी र अत्यन्त पातलो फ्रेम सहित स्पष्ट तथा जीवन्त दृष्य सम्प्रेषण उपलब्ध गराउने यो नै नेपालको पहिलो स्मार्टफोन भएको कम्पनीको दावी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप