सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वैज्ञानिकको दाबी : १२ हजार वर्ष अघि लोप भएका मानिसजस्ता जीव अहिले पनि देखिने गरेको

बिहीबार, २२ वैशाख २०७९, १६ : ५८
बिहीबार, २२ वैशाख २०७९

करिब १२ हजार वर्ष अघि पृथ्वीबाट लोप भइसकेका जीव अहिले पनि जीवित छन् । यो दाबी ब्रिटेनका चर्चित मानव वैज्ञानिक डा. ग्रेगरी फोर्थले आफ्नो नयाँ किताब ‘बिटविन एप एन्ड ह्यूमन’ मा गरेका  छन् । किताबमा लेखिए अनुसार मानवका पुर्खा आजको युगमा पनि जीवित छ ।

इन्डोनेशियाको टापुमा पाइए ‘होमो फ्लोरेसेन्सिस’

यी पूर्खालाई 'होमो फ्लोरेसेन्सिस' भनिन्छ । यो मूल रुपमा फ्लोरेस टापुमा बस्ने गर्दथे । आधुनिक युगमा यो टापु इन्डोनेशियाली द्वीपको हिस्सा हो । प्रारम्भिक कालका यी मानव यो टापुमा ७ लाख वर्षअघि ६० हजार वर्ष अघिसम्म रहे ।

सन् २००३ मा भेटिएको थियो महिलाजस्तो देखिने कंकालः

सन् २००३ मा वैज्ञानिकको एउटा समूहले फ्लोरेस द्वीपको लिआंग बुआ गुफामा यस्तै एक महिला मानवजस्तो देखिने आंशिक कंकाल भेटेको थियो । त्यसपछि डा. फोर्थले यसबारे अनुसन्धान अघि बढाए । डा. फोर्थले भने, ‘३० भन्दा बढी मानिसले यो हबिटजस्ता जीव देखेका छन् । उनीहरुका अनुसार मानिसजस्ता नदेखिने जीव अहिले पनि फ्लोरेस टापुमा देखिएका छन् ।’

जुन कंकाल भेटिएको थियो, त्यो न त बाँदरको थियो न मानिसकोः

उनको किताबमा दिइएको जानकारी अनुसार जुन कंकाल अनुसन्धानको क्रममा भेटियो, त्यो न त कुनै बाँदरको थियो, न कुनै मानवको नै थियो । त्यो अवशेष कुनै होमो फ्लोरेसेन्सिसको विवरणसँग  मेल खाइरहेको थियो । अर्कोतर्फ विश्वव्यापी स्तरमा केही विशेषज्ञले यो दाबीलाई अस्वीकार गरिरहेका छन् । विस्कन्सिन युनिभर्सिटीका डा. जोन हक्सले भने, ‘यदि साँच्चै नै यस्ता कुनै प्रजाति छन् भने अहिलेसम्म पनि उनीहरुबारे केही थाहा नहुने सम्भावना नै छैन ।’

हबिटको दिमागको आकार मानिसको भन्दा एक तिहाई मात्रै

होमो फ्लोरेसेन्सिसलाई ‘हबिट’ पनि भनिन्छ । याे  जीव ३ फिट ६ इन्च अग्लाे थियाे । यसकाे मस्तिष्क मानिसको आकारभन्दा एक तिहाई मात्रै थियो । यस प्रजातिको अस्तित्वबारे अहिले नै यकिनका साथ भन्न नसकिने डा. फोर्थले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप