गजलः आमा
शनिबार, २४ वैशाख २०७९, ०८ : ००
-राज बस्नेत
शरीरमा बग्ने खुन आमाको
नभुल चुसेको थुन आमाको
समय भन्दा नि हजारौं गुणा
अमुल्य हुन्छ गुण आमाको
उसकै कामना सिद्ध हुनेछ,
जो फेरी दिन्छ ऊन आमाको
अरूलाइ भुली तिमीलाई मात्र
हुन्छ हँसाउने धुन आमाको
हुर्केर सन्तान पाल्दछ भनी
नहोला रहर कुन आमाको ?