मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मौन अवधिअघि एमालेको अन्तिम चुनावी सभा, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २७ वैशाख २०७९, १६ : ०९
मङ्गलबार, २७ वैशाख २०७९

नेकपा एमालेले स्थानीय तह निर्वाचनको मौन अवधिअघि काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गरेको छ । सो पार्टीको काठमाडौं जिल्ला कमिटीको आयोजना भृकुटीमण्डमा चुनावी सभा राखिएको हो । चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । 

ओली सोही कार्यक्रमलाई सम्बोधन गर्न झापाको कार्यक्रम सकेर काठमाडौं फर्किने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । एमालेले चुनावलाई लक्षित गर्दै विभिन्न जिल्ला र सहरमा यसअघि नै आमसभा गरिसकेको छ । शुक्रबार हुने चुनावको मौन अवधि अघि भने सो पार्टीले भृकुटीमण्डपमा कार्यक्रम राखेको हो । 

काठमाडौं महानगरपालिकामा गठबन्धनविरुद्ध एमाले एक्लै लडेको छ भने मेयरको रुपमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई अघि सारेको छ । यस्तै गठबन्धनबाट भने काँग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार रहेका छन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवारका रुपमा बालेन शाहलगायत पनि रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप