निधिलाई टक्कर दिन राजेन्द्रको शक्ति प्रदर्शन
शनिबार, १६ मङ्सिर २०७४, २१ : ३६
धनुषा । धनुषा–३ मा राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र काङ्ग्रेस नेता विमलेन्द्र निधिबीचको चुनावी टक्करले जिल्लाकै महौल तातेको छ । यी दुई हेभिवेट नेतामध्ये कसले बाजी मार्ला भन्ने सबैको चासो बनेको छ ।
चुनाव जित्नका लागि दुवै नेताले साम–दाम–दण्ड भेददेखि आफूसँग भएका सबै अस्त्र प्रयोग गरिरहेका छन् ।
यसैबीच आज महतोले धनुषाको फूलगामामा आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसमेत उपस्थित रहेको कार्यक्रममा सर्वसाधारणको भव्य सहभागिता रहेको थियो ।
हेरौँ कार्यक्रमका केही झलकहरु :