तयारी मतगणनाको : मतपेटिकाहरू मतगणनास्थलमा जम्मा गरिँदै, तस्बिरहरू
शुक्रबार, ३० वैशाख २०७९, १८ : ३२
स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
यतिबेला विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरेर मतगणनास्थलतर्फ लैजान सुरु गरिएको छ । तस्बिरमा काठमाडौँको वाल्मीकि मतदान केन्द्रबाट सभागृहमा मतगणनाको लागि मतपेटिका लगिँदै गरेको देख्न सकिन्छ ।